समाज

नेपाल–चीनबीच सदियौँ पुरानो व्यापारिक मेला साउन २५ गतेदेखि सञ्चालन हुने

नेपाल–चीनबीच सदियौँ पुरानो व्यापारिक मेला साउन २५ गतेदेखि सञ्चालन हुने

डोल्पा । नेपाल–चीनबीच सदियौँ पुरानो व्यापारिक सम्बन्धको प्रतीक बनेको परम्परागत व्यापारिक मेला फेरि सञ्चालनमा आउने भएको छ । 

व्यापारिक मेला यस वर्ष साउन २५ गते बाट सञ्चालनमा आउने भएको हो । कोरोना महामारीले अवरुद्ध पारेको यो मेला पाँच वर्षपछि गतवर्ष साउतमा सञ्चालन भएको थियो । 

तिब्बतको सिगात्छे काउन्टी अन्तर्गतको डोङ्बा प्रशासनिक इकाइको सहमति र छलफलपछि मेलाको मिति तय भएको हो । यसपटक मेला २० दिनसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको भए पनि अन्तिम निर्णय भने आउन बाँकी छ ।

मोरिम्ला नाका भएर सञ्चालनमा आउने मेलाका लागि ‘एन्ट्री एण्ड एक्जिट कार्ड’ अनिवार्य गरिएको छ । अघिल्लो वर्षदेखि प्रवेश पत्र देखाएर मात्रै सीमापार गर्न मिल्ने व्यवस्था गरिएको छ । विशेषतः डोल्पावासीबाहेक अन्य जिल्लाका नागरिक तथा व्यापारीलाई प्रवेश निषेध गरिएको छ । 

मेलामा नेपालतर्फबाट खासै वस्तु लैजान नपाइने र चीनतर्फका वस्तु मात्रै नेपाल भित्रिने सम्भावना छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *