एजेन्सी । हमास र इजरायलबीच गाजा संकट अन्त्यका बिषयमा कतारको दोहामा वार्ता शुुरु भएको छ ।
इजरायली सेनाले प्यालेस्टिनी लडाकू समूहलाई परास्त गर्ने उद्देश्यले गाजा पट्टीमा युद्धको विस्तारको हिस्सा भएको भन्दै गाजामा नयाँ आक्रमण शुुरु गरेको बेला वार्ता अघि बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासका प्रतिनिधि ताहेर अल नुनुले कुनै पनि पक्षबाट कुनै पूर्वसर्त बिना शुरु भएको बताएका छन । हमासले विशेष गरी युद्धको अन्त्य, गाजाबाट इजरायली सेनाको फिर्ता र कैदी आदानप्रदान सबै मुद्दामा छलफल गर्ने बताइएको छ । दोहामा रहेको हमास प्रतिनिधिमण्डलले बन्धक सम्झौतामा वार्तामा फर्कने घोषणा गरेको छ ।
इजरायलले गाजामा खाद्यान्न, स्वच्छ पानी, इन्धन र औषधिको चरम अभाव सिर्जना गरेको संयुक्त राष्ट्रसंघीय निकायले चेतावनी दिएको क्षेत्रमा इजरायलले पूर्ण रूपमा सहायता नाकावन्दी लगाएपछि पुनः लडाइँ शुुरु भएको हो ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले हमासलाई पुनः वार्ताको टेबलमा ल्याउनुको श्रेय गाजामा पछिल्ला दिनमा बिस्तार गरिएको तीव्र अभियान भएको दाबी गरेका छन् ।