मुख्य समाचार

प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौ । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् । निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्रुटता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए । ट्रेड  युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । 

पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था कायम हुनुपर्ने कर्मचारीको माग छ ।  कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू कर्मचारीले अघि सारेका छन् ।  करार कर्मचारीहरूले रित्तो हात घर फर्कन नपर्नेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *