समाज

आज श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

आज श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

काठमाडौं । आज गठेमंगल अर्थात घण्टाकर्ण पर्व । गठेमंगल पर्वलाई चतुर्दशीलाई धातु दिनको रुपमा लिइन्छ । आजका दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनि पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरु दोवाटाहरुमा राखिन्छ ।

यस्ता खानेकुराहरु राख्नाले र पूजा अर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, पानी , आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिने विश्वाश गरिन्छ । तन्त्रमन्त्र र भुतप्रेतबाट बच्नमा गठेमगंललाई बिशेष दिन का रुपमा लिइन्छ । 

घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन रहेको छ भने यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । 

अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ र यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ । यस दिनमा मान्छेहरुले गठेमगंलको औंठीका रुपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट समेत गठेमगंलको औंठीले सुरक्षा दिने जनविश्वास छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *