समाज

७३ जिल्लामा फैलियो डेङ्गु, सबैभन्दा कम मधेश प्रदेशमा

७३ जिल्लामा फैलियो डेङ्गु, सबैभन्दा कम मधेश प्रदेशमा

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ९ सयभन्दा धेरैमा डेङ्गु सङ्क्रमण देखिएको हो । 

सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिम प्रदेशमा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको महाशाखाले जनाएको छ । 

चिकित्सकहरुले डेङ्गुबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको भन्दै त्यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्ने बेला झुलको प्रयोग गर्न र पूरै शरीर छोपिने लुगा लगाउन आग्रह गरेका छन् ।

डेङ्गु सङ्क्रमण भएपछि एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड–जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने गर्छ । डेङ्गुका कारण वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *