मुख्य समाचार

सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति

सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति

काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको हो । सभामुखले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका  थिए । 

बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । प्रतिपक्षी दलहरुले गृह मन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्‍को कारबाही अघि बढ्न नसकेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *