मुख्य समाचार

गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको आक्रमणमा ६ जनाको मृत्यु

गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको आक्रमणमा ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् भने घटनामा धेरै घाइते भएका छन् । 

शनिबार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिड लागेको समयमा गोली प्रहार भएको हो । प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ । बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् । 

अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ । राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने छन् ।

इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *