काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि बारे छलफल हुनेछ ।
साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसदमा रास्वपाले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।