मुख्य समाचार

अमेरकिा र कतारबीच उड्डयन र रक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरकिा र कतारबीच उड्डयन र रक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर

एजेन्सी । अमेरकिा र कतारबीच उड्डयन र रक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा कतार र अमेरिकाबीच हवाई तथा प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति ट्रम्पले अमिरी दिवानमा केही घण्टाको निजी भेटवार्तापछि सहयोगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

कतार एयरवेजले बोइङसँग २०० अर्ब अमेरिकी डलर बराबरको १६० वटा विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । दुवै देशले एमक्यू–९बी ड्रोन र एफएस–एलआईडीएस हवाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई समेट्ने प्रस्ताव र स्वीकृतिपत्रका साथ सैन्य सहयोग बढाउने सम्झौतामा पनि हस्ताक्षर भएको छ । 

मध्यपूर्वको दोस्रो चरणको भ्रमण शुरु गर्दै ट्रम्प खाडी मुलुकको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शारालाई भेटेका थिए । उनले दोहा अवतरण गर्नुअघि रियादमा जीसीसी–अमेरिका शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *