एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने आयात कर वा भन्सार शुल्क २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
यो निर्णय सँगै धातु आयातमा गत मार्चयता ट्रम्पल दोस्रो पटक कर बढाएका हुन् । यसअघि मार्चमा स्टील आल्मुनियम आयातमा २५ प्रतिशत बनाएका थिए । आजदेखि लागु हुने कर बढाउने कदमले अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने दाबी ट्रम्प प्रशासनको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आलोचकहरूले यसले अमेरिका बाहिरका स्टील उत्पादकहरूलाई ठूलो नोक्सानी पुर्याउने, व्यापारिक साझेदारहरूबाट प्रतिशोधात्मक कदमहरूको शुुरुवात गराउने र अमेरिकी धातु प्रयोगकर्ताहरूलाई खर्चिलो पर्ने बताएका छन् ।
अमेरिकी सरकारका अनुसार अमेरिका युरोपियन युनियनपछि विश्वको दोस्रो ठूलो स्टील आयातकर्ता हो । यसले धेरैजसो स्टील क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट आयात गर्छ ।