Siddarth bankविज्ञापन
समाज

भोजपुरको डढुवा हुँदै पामखाङ जोडने सडकखण्ड कालोपत्रे गर्न शुुरु

भोजपुरको डढुवा हुँदै पामखाङ जोडने सडकखण्ड कालोपत्रे गर्न शुुरु

भोजपुर । भोजपुरको डढुवा हुँदै पामखाङ जोडने सडकखण्ड कालोपत्रे गर्न शुुरु गरिएको छ । 

करिव ३ करोड लागतमा पहिलो चरणको एक किलोमिटर सडक कालोपत्र गर्ने काम थालिएको हो । सडक कालोपत्रको थालनी गरिएपछि जनप्रतिनिधि र स्थानीय नागरिकमा उत्साह बढेको छ । 

सडक निर्माणको जिम्मा मार्सेली निर्माण सेवा भोजपुरले लिएको छ । मौसमले साथ दिएमा सडक निर्माणको काम ४० दिनमा सक्ने ठेकेदार कम्पनीको भनाइ छ । केन्द्र सरकारको बजेटमा सडक डिभिजन कार्यालय तुम्लिुङटारले कार्यान्वयन गर्ने गरी कालोपत्रको शिलान्यास गरिएको हो । 

२०८२ असार महिनामा सम्झौता भएको पहिलो खण्डको काम पुस महिनासम्म सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकले दक्षिणी क्षेत्रका नागरिकलाई लाभ पुग्नेछ । भोजपुर सदरमुकामबाट– डढुवा– आमबोटे– सिरिसे– नागछाँगा– पामखाङसम्म यो सडक लम्बाई करिव ६० किलोमिटर रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *