मुख्य समाचार

रा.स्व.पा.ले बोलायो सचिवालय र केन्द्रीय समिति आकस्मिक बैठक

रा.स्व.पा.ले बोलायो सचिवालय र केन्द्रीय समिति आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी आज बैठक बोलाएको हो ।

आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको छ। शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो ।

यस्तै, आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ । 

रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने रूपन्देही कारागारमा थुनामा छन्। उनलाई थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै आदेश सदर गरेको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *