मुख्य समाचार

युक्रेनको दोस्रो शहर खार्किभमा रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु

युक्रेनको दोस्रो शहर खार्किभमा रुसी ड्रोन आक्रमण, ४ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । 

शनिबार भएको आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । युद्ध शुुरु भएयताकै सबैभन्दा शक्तिशाली आक्रमण भएको खार्किभका मेयर इगोर टेरेखोभले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले ४८ ड्रोन, ४ गाइडेड बम र २ मिसाइल प्रयोग गरी शहरका आवासीय भवन, प्रशासनिक भवन र सङ्गीत विद्यालयमा क्षति पुर्‍याएको छ । 

आक्रमणमा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका समेत घाइते भएका छन् । युक्रेनले जवाफी कारबाहीमा रुसको सू–३५ लडाकु विमान खसालेको दाबी गरेको समाचारमा उल्लेख छ । 

शुक्रबार यता रुसी आक्रमणमा परि सात जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *