मुख्य समाचार

रुस युक्रेन युद्ध अन्त्यका लागि पुटिन र जेलेन्स्कीसँग ट्रम्पले वार्ता गर्ने

रुस युक्रेन युद्ध अन्त्यका लागि पुटिन र जेलेन्स्कीसँग ट्रम्पले वार्ता गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्ने भएका छन् । 

ट्रम्पले पुटिन र जेलेन्स्कीसँग कुरा गरी युक्रेनमा रक्तपात रोक्न प्रयास गर्ने बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले सोमबार बिहान पुटिनसँग कुरा गर्ने जानकारी दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपतिले ट्रम्पले रुस–युक्रेन युद्धमा मृत्यु संख्या उल्लेख गर्दै युद्ध रोकिनुपर्ने बताएका छन् । कुराकानीको उद्देश्य हप्तामा औसत पाँच हजार भन्दा बढी रुसी र युक्रेनी सैनिकको ज्यान लिने रक्तपात रोक्ने र व्यापार शुुरु गर्ने ट्रम्पको भनाइ छ ।  

ट्रम्पले रूसी राष्ट्रपतिसँग कुरा गरेपछि युक्रेनी नेता जेलेन्स्की र नेटो नेताहरूसँग छुट्टै कुराकानी गर्ने बताइएको छ । रूस र युक्रेनले पूर्णयुद्ध शुुरु गरेयता पहिलो पटक टर्कीको इस्तानबुलमा शुक्रबार एक वार्ता सम्पन्न गरेका छन् । 

युक्रेनले युद्धविरामका लागि तयार भएको बताए पनि रूसले अस्वीकार्य मागहरू राखेका कारण सहमति हुन सकेको छैन । शान्ति प्रक्रियामा ट्रम्पले कस्तो प्रगति गराउन सक्ने हुन् भन्ने स्पष्ट छैन । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग कुरा गर्दै द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएका छन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *