मुख्य समाचार

रुसले गर्‍यो युक्रेनमाथि जवाफी हमला, ५ जनाको मृत्यु

रुसले गर्‍यो युक्रेनमाथि जवाफी हमला, ५ जनाको मृत्यु

एजेन्सी । रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । 

आक्रमणमा परी अन्य ८० जना घाइते भएका छन् । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।   

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ । युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ । 

पश्चिमी युक्रेनको लुत्स्क शहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् ।   धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राम मार्फत जानकारी गराएका छन् । 

यसैबीच, पश्चिमी तुला क्षेत्रमा रुसमा भएको युक्रेनी हमलामा तिन जना घाइते भएका छन् । रुसी हवाई रक्षा बलले मस्कोलाई लक्षित गरेको ड्रोनलाई गोली हानेर खसालेको किएभका नगरप्रमुखले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *