मुख्य समाचार

रुस र युक्रेन वार्ता सकारात्मक, एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

रुस र युक्रेन वार्ता सकारात्मक, एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको वार्ता टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ । 

बैठकपछि युक्रेनी रक्षा मन्त्री रुस्तम उमरोभले दुवै देशले एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको बताए । शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वार्तामा युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ । दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको लागि मिति तय गरे पनि सार्वजनिक गरेका छैनन् । झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता शुरु भएको हो । 

वार्तामा रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की भने उपस्थित भएनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको करिब ३ वर्षे लामो संघर्ष रोकिने आशा गरिएको छ । 

टर्कीको मध्यस्थतामा भएको वार्ता साढे दुई घण्टा भन्दा बढी समय चलेको थियो। वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो। युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको समाचारमा उल्लेख छ । 

सन् २०२२ को फेब्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । पछिलल्लो ३ वर्षमा रुस(युक्रेन युद्धमा हजारौँ सेना र सर्वसाधारण मारिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *