Siddarth bankविज्ञापन
समाज

पाकिस्तानी दूतावासद्वारा साहित्यिक कार्यक्रम एवं कविता गोष्टी आयोजना

पाकिस्तानी दूतावासद्वारा साहित्यिक कार्यक्रम एवं कविता गोष्टी आयोजना

काठमाडौं । नेपाल स्थित पाकिस्तानी  दूतावासको आयोजनामा “आलमी मुशैरा; उर्दू, शायरी की जुबान“ शीर्षकको उर्दू साहित्यिक कार्यक्रम एवं कविता संगोष्ठी सम्पन्न भएको छ ।

साहित्य एकेडमी नेपालको सहकार्यमा  भएको कार्यक्रममा विशेष अतिथिहरू नेकपा एमालेका प्रतिनिधि सभाका सांसद सिराज अहमद फारुकी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद कल्पना मिया लगायत उर्दू उत्साहीहरूका साथै राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक कार्यकर्ताहरू ,पाकिस्तानी दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य पाकिस्तान र नेपालबिचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु र विशेष गरी सांस्कृतिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको द्रतावासले जनाएको छ । 

कार्यक्रममा साहित्य अकादमी, नेपालका अध्यक्ष डा. साकिब हारूनी, डा. जफर एलिग, डा. अफजल मङ्गलोरी, फुरकान फैजी, मुशर्रफ अली खान, जहिद आजाद झन्डा नगरी, गालिब दरिब, अल्ताफ फरिफ्ता र सपना अहसास लगायत प्रसिद्ध उर्दू कविहरूले आ–आफ्नो काव्य रचना वाचन गरेका थिए । सो अवसरमा अतिथिहरूले संस्कृति र कलाको प्रवद्र्धन र नेपालमा यसको प्रदर्शनमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गरे। उनीहरूले उर्दू कविहरूलाई एकसाथ ल्याउने र उर्दू भाषाको प्रवद्र्धन गरेकोमा पाकिस्तानी दूतावासको प्रशंसा गरे। 

नेपालका लागि पाकिस्तानका राजदूत  अबरार एच. हाशमीले साहित्य एकेडेमी, नेपालका साथै व्यक्तिगत कविहरूलाई उर्दू भाषामा योगदान पु¥याएकोमा धन्यवाद दिए। उनले नेपाल र पाकिस्तानका साहित्यिक संस्थाहरू बीचको सहयोगलाई गहिरो बनाउने, विशेष गरी साहित्य आदानप्रदान र उर्दू र नेपाली जस्ता भाषाहरूको प्रवद्र्धनको मत्वमाथि वमाथि पनि प्रकाश पारेका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *