काठमाडौं । प्रतिनिधिसभा बैठक शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन स्थगन भएको छ ।