समाज

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । 

चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेकाले मुस्ताङ जाने पर्यटक एकपटक यहाँ पुग्ने गरेका छन् । 

करिब तीन सय मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङछङ गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रुप्से झरनाको नजिकै छ । 

मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौं समय बिताउने गर्दछन । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *