प्युठान । प्युठान जिल्लामा शनिबार साँझ भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सेउलिबाङ वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा ११९ मिलिमिटर वर्षा मापन भएको जनाइएको हो । साना खोला तथा नालामा बाढीको आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
विभागले शनिबारदेखि सोमबारसम्म पश्चिम नेपालका कतिपय ठाउँमा भारी देखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।