मुख्य समाचार

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव हुने

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव हुने

एजेन्सी । क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता सम्भव हुने बताएको छ । 

मस्को र किएभबीच तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको एक दिनपछि शनिबार क्रेमलिनले दुई राष्ट्रपति स्तरीय वार्ताका लागि दुई देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको सहमति आवश्यक रहेको बताएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २०२२ पछि पहिलो पटक इस्तानबुलमा युक्रेन र रुसबीच इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तामा एक–एक हजार कैदी आदानप्रदान गर्ने ठोस सहमति भएको थियो । 

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले युद्धबन्दीको आदानप्रदानपछि दुबै देशले भविष्यमा हुने सम्भावित युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *