काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
इन्टर मिलानलाई पाँच शुन्य गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
यसअघिको सन् २०२०मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।
इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो । पीएसजीका डिजेर डुवेले दुई, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान एक एक गोल गरे ।
पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।