सिरहा । सिरहाको सिरहा–माडर सडकखण्ड अन्तर्गत बजार क्षेत्रमा निर्माणाधीन आरसीसी ढलान सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेसँगै स्थानीयवासीले निर्माण कार्य रोकेका छन् ।
निर्माण कम्पनी भगत ग्रुप अफ कन्ट्रक्सनले सिमेन्ट बालुवा र गिट्टीको अनुपात नमिलाइ कमजोर गुणस्तरको सडक निर्माण गरिरहेको भन्दै स्थानीयले काम रोकका हुन् ।
करिब ७० मिटर दुरीकोे सडक निर्माणका क्रममा आरसीसी सतह लट्ठीले उखेल्न सकिने अवस्था भएपछि स्थानीयले हस्तक्षेप गर्दै काम रोकेका हुन् ।
निर्माण कम्पनीले ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँ लागतमा सम्झौता गरी असार ३० गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, हालसम्म करिब ३० प्रतिशत मात्रै काम भएको छ ।
कम्पनी पक्षले बाँकी काम पूरा गर्नुपर्ने भएकाले ढलानमा आवश्यक केमिकल प्रयोग गरेर गुणस्तर मिलाउने बताएको छ ।