काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी.शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् ।
७४औँ मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले शनिबार नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु, ” लेखेका छन् ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरेको छ ।