मुख्य समाचार

प्रधानमन्त्री कप भलिबल आजदेखि शुरु

प्रधानमन्त्री कप भलिबल आजदेखि शुरु

काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल शुुरु हुँदैछ । 

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक राजधानी बाहिर हुन लागेको प्रतियोगिता १५ गतेसम्म चल्नेछ । राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीहरुलाई खेलप्रति आकर्षित गर्नका लागि प्रतियोगिता सफल हुने विश्वास गरिएको छ । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहनेछ । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि बिजेताले नगद आठ लाखका दरले पुरस्कार पाउनेछन् ।

यसैगरी उपविजेताले समान चार/चार लाख तथा तृतीय हुने टोलीले समान  दुई लाखका दरले पुरस्कार पाउनेछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *