मुख्य समाचार

प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो

प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली अस्वस्थ भएपछि आजको लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ । 

प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको हो । 

आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । 

प्रधानमन्त्रीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *