समाज

भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । 

सामाजिक सञ्जाल मार्फत उनले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओलीले अत्यावश्यक अवस्था बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।  साथै, उनले सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । 

देशभर मनसुनी वायुको प्रभाव र वर्षा गराउने मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतकर्ता अपनाउन विभागको आग्रह छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *