समाज

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् । 

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस्तै, महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *