समाज

गुरुङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

गुरुङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुार देउवाले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उनले गुरुङको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । 

देउवाले गुरुङको निधनले पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको बताउँदै नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको शनिबार बिहान ८ बजे आफ्नै निवास चितवनमा निधन भएको हो । 

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुङको ७६ वर्षको उमेरमा निधन भएको हो ।  गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *