बिजनेस

विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुन्छ: ऊजामन्त्री घिसिङ

विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुन्छ: ऊजामन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आजर काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने बताएका हुन । मन्त्री घिसिङले वायु ऊर्जाको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए । 

वायु उर्जा क्षेत्र पनि नेपालको लागि सम्भावनाको क्षेत्र भएकाले यसमा काम गर्न इच्छुक निजी क्षेत्रलाई सहयोग गर्ने मन्त्री घिसिङको योजना छ । सो क्रममा उनले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै जर्मन सरकारप्रति पनि आभार व्यक्त गरे ।