काठमाडौँ- राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । आज राजधानीको नारायणचौर क्षेत्रमा राजतन्त्र समर्थकहरुले ब्यानरसहित प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनका क्रममा प्रहरीकाे लाठी प्रहारबाट राजावादी समथर्क घाइते भएका छन्। आन्दोलनकारीका तर्फबाट बोतल हानेकाे भन्दै प्रहरीले लाठी चार्ज गर्दा घाइते भएका छन्।
अन्यलाई केहीलाई पनि लाठी चार्ज भएकाे र उनीहरूकाे रेडक्रसकाे टिमले उद्धार गरी उपचार गरिरहेकाे छ।