समाज

म्याग्दीको टिकोटमा तरकारीको पकेट क्षेत्र

म्याग्दीको टिकोटमा तरकारीको पकेट क्षेत्र

म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोटको हरिमुल कृषि तथा पशुपंक्षी कृषक समूह मार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । करिब ३० जना कृषकहरुले एक सय ४० रोपनी भन्दा बढी क्षेत्रफलमा बन्दा, काउली, काँक्रो, करेला लगायत तरकारी खेती गरेका छन् । 

पकेट कार्यक्रम मार्फत कृषकहरुलाई अनुदानमा विउ, कृषि औजार र प्रविधी सहयोग गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ लाख बजेट बिनियोजन गरेको टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी वर्ष थप छ लाख बिनियोजन गरेको छ ।

दुई हजार दुई सय ५० मिटर उचाईमा उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती फस्टाएको छ । टिकोटका कृषकहरुले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङमा बिक्री हुने गर्छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *