मुख्य समाचार

इन्डियन प्रिमियर लिगको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

इन्डियन प्रिमियर लिगको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । 

खेल अहमदाबादमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि मङ्गलबार रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग खेल्नेछ ।

इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो ।

पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *