समाज

गुल्मीमा सय रोपनीमा एकै दिन रोपाइँ

गुल्मीमा सय रोपनीमा एकै दिन रोपाइँ

गुल्मी । गुल्मीमा एकजना कृषकले एकैदिन सय रोपनी खेतमा धान रोपेका छन् । 

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी मेघनाथ अर्यालले एक सय दुई रोपारे, १७ ठिँगारे र तीनओटा ठुला ट्याक्टरको सहयोगमा धान रोपेका हुन् ।

पहाडी भेगमा एकैजनाले सय रोपनी खेतमा खेती गर्नु राम्रो मानिन्छ । अहिले रोपेको धान कात्तिकको अन्तिममा स्याहार्ने बेला हुन्छ । अहिले रोपेको धान करिब चार सय मुरीभन्दा बढी फल्ने अर्यालले बताए । 
 
धान रोप्दा पनि उनले प्रति रोपारे चार सय तथा प्रति ठिगाँरे सात सय दिनेगरी काममा लगाएका छन् । धान रोप्न आएका रोपारे तथा ठिँगारेले पनि रमाइलो मानेर काम गरेका छन् । गाउँपालिकाले पनि युवा उद्यमीहरुलाई प्रविधि, बीउ, मल, सिँचाई लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

जनप्रतिनिधि, कर्मचारीदेखि लिएर जिल्लाका उच्च पदस्थ व्यक्तिहरु समेतको सहभागितामा पछिल्ला वर्षहरुमा धान रोपाई कार्यक्रम गरिएको छ । यस वर्ष पनि शनिबार दिनभर गरी एक सय रोपनी खेतमा युएन् ३०÷३० जातको धान रोपिएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *