समाज

सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती

सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती

सिरहा । खुला दिसामुक्त घोषणा भईसकेको सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्ने बाध्यता छ । 

दैनिक रुपमा हजारौं सेवाग्राहीका रुपमा सदरमुकाम आएपनि शौच गर्नका लागि आवश्यक स्थल नहुँदा सास्ती हुने गरेको छ । सिरहा नगरपालिकाले सदरमुकाममा सार्वजनिक सौचालय निर्माण र व्यवस्थित गर्न नसक्दा त्यसको मारमा सेवाग्राही पर्दै आएका छन् । 

नगरको सौन्दर्यताको लागि पनि सार्वजनिक शौचालय निर्माण र व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । हजारौं नागरिकको ओहोरदोहोर हुने सिरहामा सौचालय नहुँदा आफूहरुलाई पनि लज्जा महशुष भैरहेको जनप्रतिनिधिको स्वीकारोक्ति छ । 

२०७४ मा स्थानीय सरकार वहाल भएदेखि नै सिरहा सदरमुकाममा सौचालय निर्माणको निम्ति पहल र प्रयास गरेपनि अझैं निर्माण र सुचारु हुन सकेको छैन  । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *