समाज

चितवनमा बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार सोमबार राति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । 

ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *