मुख्य समाचार

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चार मन्त्री गुरुङ

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चार मन्त्री गुरुङ

विराटनगर । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिए । 

कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने  विषय तर्कसङ्गत नभएको भन्दै उनले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गरे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *