समाज

बर्दियामा वन्यजन्तु वस्तीमा प्रवेश गर्नबाट रोक्न छेकबार निर्माण

बर्दियामा वन्यजन्तु वस्तीमा प्रवेश गर्नबाट रोक्न छेकबार निर्माण

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा वन्य जन्तु बाघ, चितुवा, हात्ति लगाएतका जनावरलाई वस्तीमा प्रवेश गर्नबाट रोक्न छेकबार पर्खाल निर्माण गरिएको छ ।

तीनतिरबाट बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नगरपालिकामा छेकबार पर्खाल निर्माण गरिएपछि स्थानीयले राहत महशुस गरेका छन् । वर्षेनी निकुञ्जबाट वस्तीमा प्रवेश गर्ने वन्य जन्तुबाट मानवीय क्षती, घरमा पालिएका घरपालुवा जनावर संगै किसानले लगाएका वालिनाली समेत क्षती हुने गरेको थियो । 

यसअघि पनि यस क्षेत्रमा स्थानीयको माग अनुसार निकुञ्ज तथा विभिन्न संघसंस्थाले वन्यजन्तुलाई बस्ती पस्न नदिन छेकबार वनाएपनि प्रभावकारी भएको थिएन । अहिले भने ठाकुरबाबा नगरपालिकाले हात्ती पाईले जगसहितको गुणस्तरीय छेकबार पर्खाल बनाएसँगै नगरवासीहरुलाई राहत मिलेको हो । वन्यजन्तुबाट बस्ती जोगाउन धेरै चुनौती रहेकामा हाल पक्की छेकबार वनाएसंगै प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०८१÷०८२ मा वडा नं.१, ४ र ७ मा गरी २ हजार ३ सय ३१ मिटर हात्ती छेकबार पर्खाल निर्माण गरिएको र विभिन्न ठाउँमा गरी हालसम्म ११ किलोमिटर छेकबार पर्खाल निर्माण भइसकेको नगरपालिकाले जनाएको छ । 

स्थानीयले पनि मूख्य समस्याका रुपमा रहेको वन्यजन्तुहरुलाई रोक्न बनाईएका पर्खालले वन्यजन्तुबाट हुने क्षती न्युनीकरणमा सहयोग पुगेको बताएका छन् । आगामी वर्ष पनि वन्यजन्तु छेकवार निर्माणका लागि ठाकुरबाबा नगरपालिकाले बजेट बिनियोजन गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *