समाज

कञ्चनपुरमा जीपको ठक्करबाट १ जनाको मृत्यु

कञ्चनपुरमा जीपको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । 

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई  मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *