समाज

दाङमा गाडीले किचेर एक जनाको मृत्यु

दाङमा गाडीले किचेर एक जनाको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । 

लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए । 

तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *