स्थानीय खबर

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बारा । बाराको निजगढ–पथलैया सडकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीको आक्रमणवाट मृत्यु हुनेको पहिचान खुलेको छैन । हात्तीले निजगढ–पथलैया बीचको ११ किलोमिटर क्षेत्रमा सडकमै आएर मानिसको ज्यान लिएपछि सो सडक खण्डमा यातायात अवरुद्ध भएको छ । मध्यरातमा पसाह खोला नजिक हात्तीको झुण्डले सडकमा दर्जनौँ गाडीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्तीले यस अघि पनि यस क्षेत्रमा मानवीय क्षति पु¥याउदै आएका छन । हात्ती आतंक भएको क्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *