समाज

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार (आज) बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बिहान करिब सवा ७ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। 

घाइते रोहितलाई तत्कालै उपचारका लागि  प्रादेशिक अस्पताल, कलैया बारा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ बजे उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *