समाज

महोत्तरीमा छिमेकीको हत्या गरेको आरोपमा १ जना पक्राउ

महोत्तरीमा छिमेकीको हत्या गरेको आरोपमा १ जना पक्राउ

महोत्तरी । महोतरीको गौशालाको रजखोरमा पेट्रोल छर्की आगो लगाएर छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

गौशाला–४ रजखोरका ५० वर्षीय बलिराम साहलाई असार २६ गते पेट्रोल छर्की आगो लगाएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बलिराम साहको बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते बलिरामलाई तत्काल नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । 

प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *