काठमाडाै । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रतिगामी तत्वहरु सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गरेका छन् । आईतवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरु चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गरेका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैति बनाउन लागिपरेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले निर्वाचित वडा अध्यक्षहरुलाई प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्नका लागि सक्रिय भुमिका खेल्न आग्रह समेत गरे । उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म राजावादीको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न निर्देशन समेत दिए ।।