मुख्य समाचार

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल आउँदै

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल आउँदै

काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पीटर्स नेपाल भ्रमणमा आउने भएका छन् । 

पीटर्सले मे २३ देखि ३१ सम्म नेपालसहित अष्ट्रेलिया, श्रीलंका र भारतको भ्रमण गर्ने भएका हुन् । 

न्यूजिल्यान्डका परराष्ट्र मन्त्रीको रूपमा नेपाल भ्रमण गर्ने उनी पहिलो व्यक्ति हुनेछन् ।  उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के.पी. शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम छ ।

पीटर्सले परराष्ट्र मन्त्रीस्तरीय छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *