मुख्य समाचार

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

काठमाडौं । आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किने भएको छ । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार टोली साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने भएको हो । सुपर थ्री मा नेपालले संयुक्त अरब इमिरेट्स युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएर नेपाली टोली फर्किन लागेको हो । 

नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ । छनोटमा १० टिमले प्रतिस्पर्धा गर्दा शीर्ष ४ टोलीले विश्वकपमा स्थान पाउनेछन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *