Siddarth bankविज्ञापन
समाज

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। 

नेपालले नेपाली टोलीकी मीना देउवाको ह्याट्रिकमा श्रीलंकालाई हराएको हो । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राती सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो। 

भारी वर्षाका कारण निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो शुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो। नेपालको जितमा मीनाले ह्याट्रिक गरिन्। उनले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक-एक गोल गरे।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *