काठमाडौं । नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृह मन्त्री रमेश लेखकले बैठकमा पेश गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृह मन्त्री रमेश लेखकले नेपाली नागरिकलाई नागरिकताबिहिन हुनुपर्ने अवस्था अव नरहने बताए ।
गृह मन्त्री लेखकले गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानून बनाइने उल्लेख गरे । आज बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।