समाज

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रा.लि. विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रालिविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनीहरूले बजार नाला र पोहोरमैला व्यवस्थापनमा ३१ करोड ३४ लाख ७ सय ७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना अख्तियारले आरोप लगाएको छ । अख्तियारले उनीहरूसँग ३१ करोड ३४ लाख रुपैयाँ विगो माग गरेको छ । 

आर्थिक वर्ष २०७७÷७८मा बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीनवटा निर्माण व्यवसायीको नामले टेन्डर गरेको, कमिसन लिएर बिना प्रतिस्पर्धा एकता सप्लायर्ससँग मिलेमतोमा पटक–पटक म्याद थप्दै गुणस्तरहीन बजार सेड निर्माण गरेको, सेड निर्माणको काम भन्दा बढी नापी किताब तयार गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *