समाज

मुग्लिन पोखरा सडक : काम नसकिँदै तेस्रो पटक थप भएको म्याद सकियो

मुग्लिन पोखरा सडक : काम नसकिँदै तेस्रो पटक थप भएको म्याद सकियो

काठमाडौं । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डको तेस्रो पटक थप भएको म्याद सकिएको  । 

तेस्रोपटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलब ५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने भैसकेको छ ।

कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । 
 
यो सडक खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको हो । 

विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *